ओलीप्रति प्रचण्डको आक्रोश : ज्ञानेन्द्रसँगको सहमति प्रमाणित गर, नत्र माफी माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनतासँग माफी माग्न चुनौती दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग युद्धकालमा ५ बुँदे सहमति गरेको आरोप लगाएपछि प्रचण्डले ओलीलाई कडा जवाफ दिादै त्यस्तो अभिब्यक्ति प्रमाणित गर्न खुल्ला चुनौति दिएका हुन् ।
प्रचण्डले अोलीको आरोप शतप्रतिशत झुटो भएकोसमेत दाबी गरेका छन् । ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति गरी देशमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भने, ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
विज्ञप्तिमा उनले ओली दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेकाले झुट, बेइमानी र धोकाको अर्को नामबाहेक केही नभएको बताएका छन् ।
साथै प्रचण्डले आजको पुँजीवादका विषयमा आफुले गरेको विश्लेषण सही भएको पनि वताएका छन् ।
उनले भनेका छन्,-‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्त्वाट कोसौ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिए एकाधिकार पुँजीवादवारे गरेको विश्लेषण वारे गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पुँजीवादको चरित्रका बारेमा मैले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको शेयर वजारका सन्र्दभमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको स्पष्ट गर्न चाहान्छु,’ प्रचण्डले वक्तब्यमा भनेका छन्,–‘दलाल पुँजीपतिहरुको झुटो प्रचारवाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

के भनेका थिए ओलीले ?
एमाले अध्यक्ष केपी ओलीले वुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ज्ञानेन्द्रसाग ५ वुँदे सहमति गरेको र प्रचण्डले शेयर वजारका विषयमा चन्दा नदिएर गलत बोलेको अभिब्यक्ति दिएका थिए ।
‘ज्ञानेन्द्र र प्रचण्डको त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलमखुल्ला जान सक्ने कसरी भयो रु भन्दै ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत दाबी गरेका थिए। ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भनेका थिए, (‘कसकाविरुद्ध सहमति भएको थियो रु त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’
त्यस्तै ओलीले प्रचण्ड लेनिन भन्दा जान्नी बन्न खोजेको आरोप लगाउँदै भनेका थिए,–‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए, त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’
आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्ने भन्दै ओलीले प्रचण्डको अभिब्यक्तिका विरुद्ध आन्दोलनमा उत्रन घुमाउरो शैलीमा अभिब्यीक्त दिएका थिए ।
त्यसैको जवाफ प्रचण्डले वक्तब्य नै जारी गरेर ओलीलाई दिएका हुन् । ०६२÷०६३ सालको जनआन्दोलनका बेला घरभित्रै वसेर गणतन्त्र ल्याउनु भनेको ठेला गाढा चढेर अमेरिका पुग्छु भन्नु सरह हो भनेर ओलीले अभिब्यीक्त दिएका थिए । उनैले प्रचण्डले ज्ञानेन्द्रसग ५ बुँदे सहमति गरेको आरोप लगाएपछि आक्रोशित हुँदै प्रचण्डले त्यसलाई पुष्टि गर्न र प्रमाणित गरेर देखाउन ओलीलाई चुनौति दिएका हुन् ।
उनले त्यसो नगरे जनताका सामु माफी माग्न पनि ओलीलाई आग्रह गरेका छन् ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया