सेयर वजारका लाखौं लगानीकर्ताको हितमा छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र आफनो पार्टी माओवादी केन्द्र सेयर वजारका लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको प्रष्ट पारेका छन् ।
आफुले पुाजीबाद वारे गरेको विश्लेषण सही नै रहेको तर त्यसलाई अन्यथा रुपमा लिइएको प्रति आपत्ति जनाउादै प्रचण्डले नेपालको सेयरवजारको सन्दर्भमा माओवादी पार्टी र आफु समेत लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले विहिवार वक्तब्य जारी गरेर यस वारेमा प्रष्ट पारेका हुन् ।
‘पुँजीवादवारे गरेको विश्लेषण वारे गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पुँजीवादको चरित्रका बारेमा मैले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको शेयर वजारका सन्र्दभमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको स्पष्ट गर्न चाहान्छु,’ प्रचण्डले वक्तब्यमा भनेका छन्,–‘दलाल पुँजीपतिहरुको झुटो प्रचारवाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’
हेर्नुहोस वक्तब्य


















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया