मंगलबार, जेठ ६, २०८२

एमसीसी पास गर्न नेपाल सहमत भएको एमसीसी बोर्डको दाबी

मेरोन्यूज २०७८ पुष १ गते ११:१३

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को त्रैमासिक बोर्ड बैठकमा नेपालबारे छलफल भएको छ । गएराति बैठकपछि एमसीसीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले एमसीसी पास गर्ने प्रतिबद्धता जनाएको भन्दै परियोजनालाई नेपालमा निरन्तरता दिने उल्लेख गरिएको छ ।

नेपालमा संसदबाट एमसीसी पास गर्नका लागि संसदको बैठक आह्वान गरिएको चर्चा चलिरहँदा एमसीसी बोर्ड बैठकले नेपाल सरकार एमसीसी पास गर्न तयार रहेको भन्दै विज्ञप्ति जारी गर्नुले शंसय उत्पन्न गरेको छ । एमसीसी बैठकमा नेपालमा अहिलेसम्म भएका प्रगति र अनुमोदनबारे छलफल गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एमसीसी पास गराउन सहमत भएको भन्दै आफू र प्रचण्डले एमसीसीलाई पत्र लेखेको बताएका थिए ।

नेपालमा एमसीसी पास गराउन यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमर र एशिया हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रूक्स नेपाल आएर शीर्ष नेताहरूसँग भेट गरेका थिए । उनीहरू अमेरिका फर्किएसँगै अमेरिकी उप सहायक विदेश मन्त्री जोनाथन हेनिक नेपाल आएर एमसीसी लागू गर्न दबाब दिएका थिए ।

यो पनि पढ्नुहोस् : एमसीसी पुस ६ मा संसदमा लैजाने प्रधानमन्त्रीको संकेत

प्रतिक्रिया