बिहीबार, पुष १०, २०८२

रक्षामन्त्री रिजालले घोषणा गरे राजीनामा

मेरोन्यूज २०७८ पुष १ गते १३:३०

काठमाडौँ । नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामाको घोषणा गरेका छन् । उनले पार्टीको चौधौं महाधिवेशनमा आफूले उम्मेदवारी दिएको पदमा पराजीत हुने संकेत देखेका भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसको १४ ‍औँ महाधविशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रुपमा प्राप्त सन्देशलाई दृष्टगत गर्दै मैले रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ मन्त्री रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्मानीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने छु ।’

प्रतिक्रिया