बिहीबार, पुष १०, २०८२

नवनिर्वाचित कांग्रेस उपसभापति गुरुङ किन पुगे पौडेल निवास ?

मेरोन्यूज २०७८ पुष १ गते १४:०३

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् । मत परिणाम सार्वजानिक भएर निर्वाचित भएपछि उनी पौडेल निवास पुगेका हुन् ।

भेटमा नेता पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका छन् । उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाउएर आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।

उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको जानकारी गराए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिए ।

प्रतिक्रिया