बिहीबार, पुष १०, २०८२

भित्र मतगणना बाहिर थापा र शर्माका समर्थकको नाराबाजी

मेरोन्यूज २०७८ पुष १ गते १४:५०

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणना जारी छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापा पहिलो र विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भित्र मतगणना चलिरहदा बाहीर महामन्त्रीको जित नजिक पुगेका थापा र शर्माका समर्थकहरुले उनीहरुको पक्षमा नारीबाजी लगाइरहेका छन् ।

डा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उठेका थापा जित नजिक पुगेका छन् भने प्रकाशमान सिंहको प्यानलबाट उठेका शर्माको पनि जित सुनिश्चित देखिएको छ ।

प्रतिक्रिया