महामन्त्रीमा पराजित भएका रक्षामन्त्रीले बुझाए राजिनामा
मेरोन्यूज
२०७८ पुष १ गते १५:५३

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा बुझाएका छन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष रक्षामन्त्रीबाट राजिनामा बुझाएका हुन् ।
यसअघि कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै रक्षामन्त्रीबाट राजिनामा दिने उनले घोषणा गरेका थिए । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजिनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवाले रिजाललाई असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । उनी रामचन्द्र पौडेल समुहबाट रक्षामन्त्री भएका हुन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया