उद्योग विस्तारका लागि ऊर्जाबाट पूर्ण सहयोग हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशंशामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् । उनले भनिन्, “आफ्ना उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्नुहोला, मेरो पहिलो अपिल यही हुन्छ ।”
ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग आज मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गरउँछौँ ।” उनले सहज तवरले कुनै पनि बिलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधैँ कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गरिन् ।
निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर९पिपिए०का आधारमा महसुल दर हेरफेर गरिनुपर्ने बताइन् । उनले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेसिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरिन् ।
कार्यक्रमा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको बताए । उनले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र केके समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गरिन् । उनले भनिन्, “हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।”
छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिए । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताएका थिए ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया