‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

काठमाडौँ । छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा नायक राजेश हमाल नियुक्त भएका छन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेलले र नायक हमालसँग सम्झौता गरे । हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । त्यस्तै, हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए ।
आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । ‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीनसय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएकोछ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । ‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए । आफूहरुले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पु¥याउने लक्ष्य बोकेको बताए ।

















टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया