बुधबार, पुष ९, २०८२

आदिवासीतर्फ सहमहामन्त्रीमा देउवा समुहका आङदेम्बे विजयी

मेरोन्यूज २०७८ पुष १ गते २२:०८

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा शेर बहादुर देउवा समुहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बे विजयी भएका हुन् ।

उनले डा शेखर कोइराला समुहका विकाश लामालाई पराजित गरेका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार आदिवासीतर्फ ४ हजार६ सय ८१ मत खसेको थियो । जसमा आङदेम्बेले २ हजार ७ सय ११ मत प्राप्त गरेका छन् भने लामाले एक हजार ९ सय १३ मत प्राप्त गरेका छन् । आज सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भएको हो ।

प्रतिक्रिया