सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख
काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रिष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् ।
“मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो”, उनले भने, “नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्ने छु ।”
प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले संघीयता, धर्म निरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।
मुलुकका अल्पसंख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उनले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताए । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा. बिपी खनाल फौजादारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गरे । अध्यक्ष डा खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुनसकेको छैन ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया