बुधबार, पुष ९, २०८२

मनकामना केबलकार चार दिन बन्द

मेरोन्यूज २०७८ पुष २ गते ७:५०

काठमाडौँ । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै आगामी चार दिनका लागि केवलबारको सेवा बन्द हुने जानकारी दिएको हो ।

सूचनाअनुसार आगामी पुस ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द हुने भएको हो । केबल स्तरोन्नतिका लागि चार दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।

अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने भएको हो । यो अवधिमा रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने यथावत हुने छ ।

दुई दिनमात्रै केबलकार मर्मत गर्ने भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएको हो ।

प्रतिक्रिया