विद्यार्थीलाई तरकारी खेती गर्न टनेल वितरण
मेरोन्यूज
२०७८ पुष २ गते १२:१४
काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ ।
गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो ।
पाञ्चायन माध्यमिक विद्यालयले विगत छ वर्षदेखि कक्षा ९ देखि नै कृषि शिक्षा सञ्चालन गर्दै आएको छ । तीमध्ये कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई टनेल प्रदान गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा समेटिएको थियो ।
सोही कार्यक्रमअनुसार बिहीबार टनेल प्रदान गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन् ।
सम्बन्धित















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया