विद्यार्थीलाई तरकारी खेती गर्न टनेल वितरण
मेरोन्यूज
२०७८ पुष २ गते १२:१४
काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ ।
गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो ।
पाञ्चायन माध्यमिक विद्यालयले विगत छ वर्षदेखि कक्षा ९ देखि नै कृषि शिक्षा सञ्चालन गर्दै आएको छ । तीमध्ये कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई टनेल प्रदान गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा समेटिएको थियो ।
सोही कार्यक्रमअनुसार बिहीबार टनेल प्रदान गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन् ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया