बिहीबार, पुष १०, २०८२

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

मेरोन्यूज २०७८ पुष २ गते १७:४२

काठमाडौँ । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेरबहादुर देउवा समुहका जीवनबहादुर शाहीलाई पराजित गर्दै डा शेखर कोइराला समुहका पाण्डे निर्वाचित भएका हुन् ।

पाण्डे २४११ मत प्राप्त गरेका छन् भने शाहीले २१३३ मत पाएका छन् । पराजित भएका शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया