मंगलबार, जेठ ६, २०८२

सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो ?

मेरोन्यूज २०७८ पुष २ गते १९:२८

एजेन्सी । गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गरेको छ।सो सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ।

संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले वर्षभरि सबैभन्दा धेरै खोजी गरिएका प्रश्न र शीर्षकहरूबारे हरेक वर्षको अन्त्यतिर विवरण सार्वजनिक गर्दै आएको छ।

एउटा कठिन वर्ष

विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली डूमस्क्रोलिङ सँगै हामी सन् २०२१ मा प्रवेश गर्‍यौँ जसले त्यो समयको मर्मलाई प्रतिबिम्बित गर्छ। झन् खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ।

गुगलका अनुसार विश्वभरि डूमस्क्रोलिङ भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसको उत्कर्ष गत ज्यानुअरीमा देखियो । मानिसहरू अनलाइनमा कोभिड-१९ सम्बन्धी ताजा विवरणहरू हेर्न थाले र धेरै मानिसले डूमस्क्रोलिङको अर्थ सर्च गरे।

मानसिक स्वास्थ्य

सन् २०२१ मा मेन्टल हेल्थ अर्थात्‌ मानसिक स्वास्थ्य विश्वभरि नै हालसम्मकै धेरै सर्च गरियो। आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो। विश्वले हाउ टु मेन्टेन मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र हाउ टु हील अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च गर्‍यो।

पैसाले अर्थ राख्छ

खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई लिएर चिन्तित रहिआएका छन् । गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखियो।

सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयो हाउ टु गेट ए जब अर्थात्‌ जागिर कसरी पाउने भन्दा हाउ टु स्टार्ट ए बिजनेस अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो। अमेरिकाको श्रम मन्त्रालयका अनुसार त्यहाँ मात्रै गत अक्टोबरमा ४० लाखभन्दा बढी मानिसले जागिर गुमाएका छन्।

कोरियाली नाटक,स्क्वीड गेम

अधिकांश समय घरभित्रै बस्दा सानो स्क्रीनअगाडि बसेर शृङ्खलाबद्ध कार्यक्रमहरू हेर्न मानिसहरूसँग पर्याप्त समय भयो। नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो। जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो। र नेटफ्लिक्समा त्यो सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्न सफल भयो ।

प्रतिक्रिया