महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी

काठमाडौँ । काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी आएका छन् । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
उनलाई यसअघि नै सरुवा गरिएको भएपनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । गिरी प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आएका हुन् । भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनेछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ । हालका प्रमुख (एसएसपी) राजेश वास्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया