अन्तर जातीय विवाह गरेका युवा बेपत्ता, युवती माइतीमा
मेरोन्यूज
२०७८ पुष ३ गते ८:३३
काठमाडौँ । अन्तर जातीय विवाह गरेका युवा बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका एक युवकलाई केटीको माइती पक्षले निर्घात कुटपिट गरी बेपत्ता बनाएको परिवारले आरोप लगाएको हो ।
सर्केगाड गाउँपालिका १ को जैरका १९ वर्षीय चन्द्रे कामीलाई मुगुको सोरु गाउँपालिका ४ लिपुकी १९ वर्षीया सुन्तली मल्लका परिवारले बेपत्ता बनाएका हुन् । अन्तर जातीय विवाह गरेको भन्दै केटी पक्ष करिब २० जनाले घर तोडफोड गरी छोराबुहारीलाई अपहरण गरी बेपत्ता बनाएको पीडित पक्षले बताएका छन् ।
घटनालगत्तै बुधबार नै प्रहरीलाई जानकारी गराइएको छ । घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी टोली घटना स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार युवती माइती घरमै रहेकी छन् भने पुरुषको खोजी भइरहेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया