बिहीबार, पुष १०, २०८२

अन्तर जातीय विवाह गरेका युवा बेपत्ता, युवती माइतीमा

मेरोन्यूज २०७८ पुष ३ गते ८:३३

काठमाडौँ । अन्तर जातीय विवाह गरेका युवा बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका एक युवकलाई केटीको माइती पक्षले निर्घात कुटपिट गरी बेपत्ता बनाएको परिवारले आरोप लगाएको हो ।

सर्केगाड गाउँपालिका १ को जैरका १९ वर्षीय चन्द्रे कामीलाई मुगुको सोरु गाउँपालिका ४ लिपुकी १९ वर्षीया सुन्तली मल्लका परिवारले बेपत्ता बनाएका हुन् । अन्तर जातीय विवाह गरेको भन्दै केटी पक्ष करिब २० जनाले घर तोडफोड गरी छोराबुहारीलाई अपहरण गरी बेपत्ता बनाएको पीडित पक्षले बताएका छन् ।

घटनालगत्तै बुधबार नै प्रहरीलाई जानकारी गराइएको छ । घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी टोली घटना स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार युवती माइती घरमै रहेकी छन् भने पुरुषको खोजी भइरहेको छ ।

प्रतिक्रिया