प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सर्वदलीय बैठकमा बोलाएपछि एमाले नजाने भएको हो ।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर एमालेले पार्टीको सांसदबाट कारबाही गरेका माधव कुमार नेपाललाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेर पार्टी विभाजनमा सहयोग गरेको भन्दै सर्वदलीय बैठकमा नजाने बताएको हो ।
एमाले महासचिव शंकर पोखरेलले एमालेले कारबाही गरेका सांसदलाई बोलाए नजाने बताए । उनले भने, ‘सर्वदलीय बैठकमा को(को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ, हामीले रिकज्नाइज नगरेकाहरूलाई बोलाए हामी कसरी उपस्थित हुने ?’
सर्वदलीय बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० र एमालेले संसदमा गरिरहेको अवरोधका विषयमा छलफल हुने बताइएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया