आज सर्वदलीय बैठक बस्दै, संसद गतिरोध अन्त्यबारे छलफल
मेरोन्यूज
२०७८ पुष ४ गते ८:०४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् । उनले आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलहरू सहभागी हुने भएको छ ।
बैठकमा सहभागी हुन सबै दललाई पत्र पठाइएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया