सिरहामा दुई पक्षबीच छुरा हानाहान, कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ पुष ४ गते १३:३९

काठमाडौँ । सिरहामा दुई समूहबीच भएको छुरा हानाहानमा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
गोलबजार नगरपालिका ६ मा शनिबार राति दुई पक्षबीच छुरा प्रहार भएको हो । छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो भने निकेश सदा घाइते भएका हुन् ।
घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकहरूले रामकुमारलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएकाहरू फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयबासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरी राजमार्ग अवरुद्ध गराएका हुन् ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया