एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । नेकपा(एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६/०७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।
बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए ।
प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे । एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया