बुधबार, पुष ९, २०८२

थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २६३ जना संक्रमण मुक्त

मेरोन्यूज २०७८ पुष ५ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ भने ८ लाख ९ हजार १५५ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया