आरआरका एक विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षक कुटे
मेरोन्यूज
२०७८ पुष ६ गते १२:१५

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।
सोही क्रममा विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाए । केही समयको बादविवादमा जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन्।
पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए। विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको एक शिक्षकले बताए। ति शिक्षकका अनुसार घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया