कार्य व्यवस्थाको बैठक सकियो, दुई अध्यादेश पेश हुँदै
मेरोन्यूज
२०७८ पुष ६ गते १३:२९

काठमाडौँ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बस्नुअघिको कार्य व्यवस्थाको बैठक सकिएको छ । बैठकले कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले पेश गर्ने अध्यादेश र सांसद प्रेम सुवालको प्रस्तावमाथि छलफल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवनमा बसेको बैठकले मन्त्री बडुले यौन हिंसा अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश २०७८ माथि छलफल हुने भएको छ ।
यस्तै, सांसद सुवालले दुवै अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिक्रिया