शेयर बजारमा हरियाली, नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा लामो समयपछि आज कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५६.७३ अंकले बढेर दुई हजार ४१५.५५ अंकमा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अंकले बढेर ४६२.५२ मा पुगेको छ । कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि कारोबार रकममा भने कुनै वृद्धि देखिएको छैन । आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजारको हाराहारीमा पुगेको छ ।
कारोबार भएका सबै १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३२.९१, व्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंंक १३७.८८, जलविद्युत् ३७.९२, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, जीवन बीमा २०६.५८, सामूहिक लगानी कोष ०.१२ र लगानी १.४२ अंकले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० बराबरको कारोबार भयो । नबिल बैंक १४ करोड १८ लाख चार हजार २६, नेपाल दूरसञ्चार कम्पनी १० करोड ३९ लाख ३८ हजार २२४, मञ्जुश्री फाइनान्स सात करोड ५५ लाख ६५ हजार २७२ र एनएमबी बैंक छ करोड ४८ लाख २५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रीनलाइफ हाइड्रोपावर ८.२६, र रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.९३ प्रतिशतले कमाए । उता, गुर्खाज फाइनान्स ८.८९, नबिल ब्यालेन्स फण्ड ३.५२, तेह्रथुम पावर कम्पनी ३.२६, एनएमबी डिवेञ्चर २.५० र नबिल डिवेञ्चर २०८५ का लगानीकर्ताले २ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया