बिहीबार, पुष ३, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

मेरोन्यूज २०७८ पुष ६ गते १९:२७

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । आयोगल मंगलबार सम्बन्धित जिल्ला न्यायाधीशलाई जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको हो ।

नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ छन् ।

यस्तै गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

प्रतिक्रिया