आजको राशिफल ः पौष ७ गते बुधबार

आज वि. सं. २०७८ साल पौष महिनाको ७ गते बुधबार, पौष कृष्णपक्षको तृतीया तिथि ।
मेष
दाम्पत्य जीवनमा प्रेममय माहोल रहने छ । राखिएका लक्ष्यहरु प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । मनमा एक प्रकारको दिक्दारीले सताइ रहने छ । पेशागत जीवनमा भने केही अवरोधहरु सृजना हुने भएकाले संयमित रहनु होला । भाग्यको साथ कम रहेकाले कार्यसफलतामा कमि आउने भए पनि निरन्तर प्रयास गर्न भने मन लागि रहने छ ।
वृष
शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि कतिपय अवस्थामा कडा खालको बोलीका कारण मानिसहरुमा नकारात्मक छाप पर्न जाने छ । आम्दानीमा भने हल्का बृद्धि हुने छ । तर पेशागत जीवनमा अस्थिरताको क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रहरुमा मन तिब्रतम हिसावले मन जानेछ ।
मिथुन
आफ्नो लक्ष्यप्रति होमिने स्वाभावको व्यक्तित्व हुने हुँदा कार्यसफलता प्राप्त हुन जानेछ । तत्काल परिवर्तन भइरहने व्यक्तित्व हुनेछ । पेशागत क्षेत्र औसत खालको हुनेछ । परिवारप्रति समर्पित भई काम गर्न मन लाग्ने हुँदा परिवारको माया पनि पाइने छ । बोली शितल खालको हुने भएकाले अरुको मन जित्न सकिने छ ।
कर्कट
आम्दानीमा बृद्धि हुन जानेछ । बोलीको प्रभाव बढ्ने भएकाले समाजका गन्यमान्य व्यक्तिहरुले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा ह्वात्तै बेद्धि हुँदा निडर खालको व्यक्तित्व हुनेछ । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने भएकाले धैर्य भएर कदमहरु चाल्नु होला ।
सिंह
परिवारका सदस्यहरुले भरोसा गर्ने छन् भने सहयोग गर्ने छन् । मनोबलमा कमि आउँदा केही गर्न सक्छु भन्ने मनोभावनामा कमि आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने भएकाले सतर्क रही कदम चाल्नु होला । मनमा दुविधाका क्रम पनि बढ्ने हुँदा निर्णय क्षमामा देखिने छ ।
कन्या
बोलीमा आउने मिठासपनाले मानिसहरुले विश्वास गर्ने छन् । व्यवस्थापकीय क्षमता सवल रहने छ । चतुरखालको व्यक्तित्व हुने हुँदा आफूलाई फाइदा हुने विषयमा निर्णय लिन सक्ने व्यक्तित्व हुनेछ । वित्तीय अवस्थामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तानातानको वातावरण देखिने छ ।
तुला
पेशागत जीवनमा राम्रो नतिजा प्राप्त हुने छ । थप जिम्मेबारी प्राप्त हुनेछ । बोलीको सकारात्मक प्रभावले गर्दा अरुको कदर प्राप्त हुनेछ । रिसको मात्रा भने धेरै हुने भएकाले यस विषयमा सतर्क रहनु नै उत्तम रहने छ । दुविधाले मनमा धेरै प्रभाव पार्ने हुँदा निर्णय लिन कठिनाई हुने छ ।
वृश्चिक
प्रतिष्पर्धात्मक क्षमता बृद्धि हुनेछ भने आफ्नो लक्ष्यप्रति अघि बढ्न अदम्य उर्जा प्राप्त हुने छ । जीवनसाथिको साथले सकारात्मक बाटोमा लम्कन उर्जा मिल्ने छ । पेशागत जीवनमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्नेछ । आफूले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा आउने छैन् ।
धनु
आम्दानीमा बढोत्तरी हुनेछ । पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । बोलीमा आउने कठोरपनाले आफैलाई हानि गर्ने भएकाले सतर्क रहनु नै वेश हुनेछ । मनमा नकारात्मक विचारका क्रम देखा पर्ने र सकारात्मक दृष्टिकोणमा कमि आउन जाँदा जीवन र जगतप्रति गलत धारणा आउने छ ।
मकर
आफैले आँटेका काम अघि बढाउने क्रममा हुने आलोचनाले मनमा खिन्नताको क्रम ल्याइ दिँदा कताकता अन्योल देखिन जानछ । चतुर र चलाख खालको व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा कदर मिल्ने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुसँग जुधेर अघि बढ्नु पर्ने समय रहेकाले निडर भएर कदम चाल्नु नै उपयुक्त हुनेछ ।
कुम्भ
पेशागत जीवनमा धेरै अपेक्षा लिने भन्दा निरन्तरतालाई जोड दिँदा उपयुक्त हुने देखिन्छ । दृढ खालको व्यक्तित्व हुने तर अरुले घमण्डी खालको व्यक्तित्व भएको आभाष गर्नेछन् । जीवनसाथिको साथले गर्दा कठिनाईसँग जुध्न मद्धत पुग्ने छ । परिवारमा शान्तिको वातावरण हुनेछ ।
मीन
पेशागत क्षेत्र सकारात्मक रहने छ भने जसबाट लाभ मिल्ने छ । पेशाप्रतिको केन्द्रीत हुने मेहनति बानीमा तीब्रता आउँदा त्यसको कदर पनि मिल्ने छ । दाम्पत्य जीवनमा खुशियाली आउने हुँदा दाम्पत्य जीवन उमङ्गले भरिएको हुने छ । यात्रामा कठिनाईहरुको सामना गर्नु पर्नेछ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया