आजको राशिफल ः पौष ७ गते बुधबार

आज वि. सं. २०७८ साल पौष महिनाको ७ गते बुधबार, पौष कृष्णपक्षको तृतीया तिथि ।
मेष
दाम्पत्य जीवनमा प्रेममय माहोल रहने छ । राखिएका लक्ष्यहरु प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । मनमा एक प्रकारको दिक्दारीले सताइ रहने छ । पेशागत जीवनमा भने केही अवरोधहरु सृजना हुने भएकाले संयमित रहनु होला । भाग्यको साथ कम रहेकाले कार्यसफलतामा कमि आउने भए पनि निरन्तर प्रयास गर्न भने मन लागि रहने छ ।
वृष
शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि कतिपय अवस्थामा कडा खालको बोलीका कारण मानिसहरुमा नकारात्मक छाप पर्न जाने छ । आम्दानीमा भने हल्का बृद्धि हुने छ । तर पेशागत जीवनमा अस्थिरताको क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रहरुमा मन तिब्रतम हिसावले मन जानेछ ।
मिथुन
आफ्नो लक्ष्यप्रति होमिने स्वाभावको व्यक्तित्व हुने हुँदा कार्यसफलता प्राप्त हुन जानेछ । तत्काल परिवर्तन भइरहने व्यक्तित्व हुनेछ । पेशागत क्षेत्र औसत खालको हुनेछ । परिवारप्रति समर्पित भई काम गर्न मन लाग्ने हुँदा परिवारको माया पनि पाइने छ । बोली शितल खालको हुने भएकाले अरुको मन जित्न सकिने छ ।
कर्कट
आम्दानीमा बृद्धि हुन जानेछ । बोलीको प्रभाव बढ्ने भएकाले समाजका गन्यमान्य व्यक्तिहरुले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा ह्वात्तै बेद्धि हुँदा निडर खालको व्यक्तित्व हुनेछ । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने भएकाले धैर्य भएर कदमहरु चाल्नु होला ।
सिंह
परिवारका सदस्यहरुले भरोसा गर्ने छन् भने सहयोग गर्ने छन् । मनोबलमा कमि आउँदा केही गर्न सक्छु भन्ने मनोभावनामा कमि आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने भएकाले सतर्क रही कदम चाल्नु होला । मनमा दुविधाका क्रम पनि बढ्ने हुँदा निर्णय क्षमामा देखिने छ ।
कन्या
बोलीमा आउने मिठासपनाले मानिसहरुले विश्वास गर्ने छन् । व्यवस्थापकीय क्षमता सवल रहने छ । चतुरखालको व्यक्तित्व हुने हुँदा आफूलाई फाइदा हुने विषयमा निर्णय लिन सक्ने व्यक्तित्व हुनेछ । वित्तीय अवस्थामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तानातानको वातावरण देखिने छ ।
तुला
पेशागत जीवनमा राम्रो नतिजा प्राप्त हुने छ । थप जिम्मेबारी प्राप्त हुनेछ । बोलीको सकारात्मक प्रभावले गर्दा अरुको कदर प्राप्त हुनेछ । रिसको मात्रा भने धेरै हुने भएकाले यस विषयमा सतर्क रहनु नै उत्तम रहने छ । दुविधाले मनमा धेरै प्रभाव पार्ने हुँदा निर्णय लिन कठिनाई हुने छ ।
वृश्चिक
प्रतिष्पर्धात्मक क्षमता बृद्धि हुनेछ भने आफ्नो लक्ष्यप्रति अघि बढ्न अदम्य उर्जा प्राप्त हुने छ । जीवनसाथिको साथले सकारात्मक बाटोमा लम्कन उर्जा मिल्ने छ । पेशागत जीवनमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्नेछ । आफूले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा आउने छैन् ।
धनु
आम्दानीमा बढोत्तरी हुनेछ । पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । बोलीमा आउने कठोरपनाले आफैलाई हानि गर्ने भएकाले सतर्क रहनु नै वेश हुनेछ । मनमा नकारात्मक विचारका क्रम देखा पर्ने र सकारात्मक दृष्टिकोणमा कमि आउन जाँदा जीवन र जगतप्रति गलत धारणा आउने छ ।
मकर
आफैले आँटेका काम अघि बढाउने क्रममा हुने आलोचनाले मनमा खिन्नताको क्रम ल्याइ दिँदा कताकता अन्योल देखिन जानछ । चतुर र चलाख खालको व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा कदर मिल्ने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुसँग जुधेर अघि बढ्नु पर्ने समय रहेकाले निडर भएर कदम चाल्नु नै उपयुक्त हुनेछ ।
कुम्भ
पेशागत जीवनमा धेरै अपेक्षा लिने भन्दा निरन्तरतालाई जोड दिँदा उपयुक्त हुने देखिन्छ । दृढ खालको व्यक्तित्व हुने तर अरुले घमण्डी खालको व्यक्तित्व भएको आभाष गर्नेछन् । जीवनसाथिको साथले गर्दा कठिनाईसँग जुध्न मद्धत पुग्ने छ । परिवारमा शान्तिको वातावरण हुनेछ ।
मीन
पेशागत क्षेत्र सकारात्मक रहने छ भने जसबाट लाभ मिल्ने छ । पेशाप्रतिको केन्द्रीत हुने मेहनति बानीमा तीब्रता आउँदा त्यसको कदर पनि मिल्ने छ । दाम्पत्य जीवनमा खुशियाली आउने हुँदा दाम्पत्य जीवन उमङ्गले भरिएको हुने छ । यात्रामा कठिनाईहरुको सामना गर्नु पर्नेछ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया