शुक्रबार, वैशाख २६, २०८२

स्पेनिस ला लिगामा बार्सिलोना र सेभिल्लाको बराबरी

मेरोन्यूज २०७८ पुष ७ गते ६:५३

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

बार्सिलोना र सेभिल्लाबीचको खेल एक–एक गोलको बराबरीमा रोकिएको हो ।

खेलको ३२ औं मिनेटमा सेभिल्लाका लागि पपु गोमेजले गोल गरी १–० को अग्रता हुँदा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ४५ औं मिनेटमा बराबरी गोल फर्काए ।

पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।
दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

बुधबार विहानको खेलसँगै बार्सिलोना १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ भने ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । जारी लिगमा १८ खेलबाट ३३ अंकसहित रियल बेटिस तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया