स्पेनिस ला लिगामा बार्सिलोना र सेभिल्लाको बराबरी

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
बार्सिलोना र सेभिल्लाबीचको खेल एक–एक गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३२ औं मिनेटमा सेभिल्लाका लागि पपु गोमेजले गोल गरी १–० को अग्रता हुँदा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ४५ औं मिनेटमा बराबरी गोल फर्काए ।
पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।
दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।
बुधबार विहानको खेलसँगै बार्सिलोना १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ भने ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । जारी लिगमा १८ खेलबाट ३३ अंकसहित रियल बेटिस तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।


















आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया