गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
मेरोन्यूज
२०७८ पुष ७ गते ९:४७

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत उनी गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २ हजार ३ सय ६ मत प्राप्त गरी विजयी भएका हुन् ।
गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
महिलातर्फको केन्द्रीय सदस्य पदमा सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन् ।
निर्वाचन समितिकाअनुसार, पराजित शोभियतबहादुर अधिकारीले २ हजार ३४ र रेशमबहादुर बानियाँले १ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत यहि मङ्सिर २७ गते काठमाडौंमा मतदान भएको थियो ।
सम्बन्धित









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया