शुक्रबार, वैशाख ११, २०८३

बागमती प्रदेशसभाको बैठक बस्दै

मेरोन्यूज २०७८ पुष ७ गते १०:०६

काठमाडौं । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । कार्यब्यवस्था परामर्श समितिको बैठकपछि प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Advertisement
NiccNicc

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि अहिलेसम्म प्रदेशसभाको बैठक बसेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी बागमती प्रदेशसभामा १०९ सांसद छन् ।

प्रतिक्रिया