बागमतीपछि माओवादीको प्रदेश १ नेतृत्व चयन पनि चुनावबाटै

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को प्रदेश नेतृत्व आन्तरिक निर्वाचन विधिवाट चयन हुन थालेको छ। सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी नेतृत्वले आग्रह गरेपनि आकाक्षीहरु सहमतिमा आउन नचाहेपछि माओवादीले अन्तिम विकल्पका रुपमा आन्तरिक निर्वाचन विधिवाटै पार्टी नेतृत्व चयन गर्न थालेको हो ।
बागमती प्रदेश नेतृत्व पनि माओवादीले केही दिन अगाडी मात्रै निर्वाचन विधिवाट चयन गरेको थियो । वुधबार प्रदेश १ को पदाधिकारी चयन पनि आन्तरिक निर्वाचन विधिवाट चयन गर्न लागेको माओवादीले जनाएको छ।
२५ मंसिरमा प्रदेश सम्मेलन उदघाटन भएपनि अहिलेसम्म प्रदेश कमिटिमा रहने २७१ सदस्यीय प्रदेश समिति मात्र गठन भएको छ । प्रदेशमा रहने अध्यक्ष, ३ उपाध्यक्ष, एक सचिव ३ सहसचिव र एक कोषाध्यक्ष गरी ९ जनाको पदाधिकारी भने अहिलेसम्म चुन्न सकेको छैन ।
अध्यक्षकै आकांक्षी वढेपछि माओवादीले प्रदेश पदाधिकारी प्रदेश कमिटिका सदस्यहरुको मतदानवाट चयन गर्न लागेको हो ।
यस अगाडी सहमति जुटाउने प्रयासका लागि कार्यदल गठन समेत भएको थियो । ७ पुससम्म कायृदलले आन्तरिक परामर्श र छलफलवाट नेतृत्वको खाका तयार पार्ने भनिएपनि मंगलवार आकाक्षीहरुसँग कार्यदलले गरेको छलफल सहमतिमा पुग्न नसकेपछि आज मतदानवाटै पदाधिकारी चयन गर्न लागेको हो ।
प्रदेश १ को अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको मुख्य दावेदारी छ । तर निर्वाचन हुँदा अध्यक्षमा दुई जना मात्रै उम्मेदवार हुन सक्ने वताईएको छ ।
त्यसो हुँदा हर्कबहादुर लावती, शिवकुमार डाँगी मुख्य प्रतिस्पर्धी हुन सक्ने माओवादीले वताएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया