बागमतीपछि माओवादीको प्रदेश १ नेतृत्व चयन पनि चुनावबाटै

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को प्रदेश नेतृत्व आन्तरिक निर्वाचन विधिवाट चयन हुन थालेको छ। सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी नेतृत्वले आग्रह गरेपनि आकाक्षीहरु सहमतिमा आउन नचाहेपछि माओवादीले अन्तिम विकल्पका रुपमा आन्तरिक निर्वाचन विधिवाटै पार्टी नेतृत्व चयन गर्न थालेको हो ।
बागमती प्रदेश नेतृत्व पनि माओवादीले केही दिन अगाडी मात्रै निर्वाचन विधिवाट चयन गरेको थियो । वुधबार प्रदेश १ को पदाधिकारी चयन पनि आन्तरिक निर्वाचन विधिवाट चयन गर्न लागेको माओवादीले जनाएको छ।
२५ मंसिरमा प्रदेश सम्मेलन उदघाटन भएपनि अहिलेसम्म प्रदेश कमिटिमा रहने २७१ सदस्यीय प्रदेश समिति मात्र गठन भएको छ । प्रदेशमा रहने अध्यक्ष, ३ उपाध्यक्ष, एक सचिव ३ सहसचिव र एक कोषाध्यक्ष गरी ९ जनाको पदाधिकारी भने अहिलेसम्म चुन्न सकेको छैन ।
अध्यक्षकै आकांक्षी वढेपछि माओवादीले प्रदेश पदाधिकारी प्रदेश कमिटिका सदस्यहरुको मतदानवाट चयन गर्न लागेको हो ।
यस अगाडी सहमति जुटाउने प्रयासका लागि कार्यदल गठन समेत भएको थियो । ७ पुससम्म कायृदलले आन्तरिक परामर्श र छलफलवाट नेतृत्वको खाका तयार पार्ने भनिएपनि मंगलवार आकाक्षीहरुसँग कार्यदलले गरेको छलफल सहमतिमा पुग्न नसकेपछि आज मतदानवाटै पदाधिकारी चयन गर्न लागेको हो ।
प्रदेश १ को अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको मुख्य दावेदारी छ । तर निर्वाचन हुँदा अध्यक्षमा दुई जना मात्रै उम्मेदवार हुन सक्ने वताईएको छ ।
त्यसो हुँदा हर्कबहादुर लावती, शिवकुमार डाँगी मुख्य प्रतिस्पर्धी हुन सक्ने माओवादीले वताएको छ ।









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया