शुक्रबार, पुष ४, २०८२

माओवादी राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

मेरोन्यूज २०७८ पुष ७ गते १५:५५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमार्फत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो ।

लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ ।

प्रतिक्रिया