आइतबार, जेठ ४, २०८२

सनराइज बैंक र पायोनियर एसोसिएट्सबीच सहकार्य

मेरोन्यूज २०७८ पुष ७ गते २०:२३

काठमाडौँ । सन्राइज बैंकले पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर)सँग सहकार्य गरेको छ । सहकारी संस्थाहरुका ग्राहकलाई डेबिट कार्ड जारी गर्ने उद्देश्ले पायोनियर एसोसिएट्ससँग सहकार्य गरेको बै.कले जनाएको छ ।

बैंकले को- ब्राण्डेड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट पनि सहमती प्राप्त गरिसकेको जनाएको छ । बैंकले पहिलो चरणमा कार्ड जारी गर्नको लागी चार सहकारी संस्थासंग सम्झौता गरिसकिएको र प्राविधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परिक्षण गरिसकेको बताएको छ ।

प्रतिक्रिया