कार्यदलको बैठकमा एमसीसी सम्झौताबारे प्रारम्भिक छलफल

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो ।
प्रारम्भिक छलफल सकारात्मकरूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की रहेका छन् ।
कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया