शनिबार, वैशाख १२, २०८३

एमसीसी संसदमा तत्काल पेश नगर्न चिनियाँ दबाब

ओली–यान्छी डेढघण्टा भेटघाट

मेरोन्यूज २०७८ पुष ७ गते २१:१६

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र चिनिया राजदूत हाउ यान्छीवीच भेटघाट भएको छ । गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदमा टेबुल गर्ने चर्चा गरिरहेका बेला राजदूत यान्छीले एक घण्टा लामो भेटघाट गरेकी हुन् ।

Advertisement
NiccNicc

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अविछिन्न उत्तराधिकारी हुने भएकाले अघिल्लो सरकारको कामकारवाहीलाई निरन्तरता दिन आफ्नो दायित्व बताउदै आएका थिए । यो सन्दर्भ अहिलेको अवस्थामा ओलीको सो भनाई लागु नहुने भएपनि एमसीसीबारे एमालले कुनै पनि निर्णय नगरेका बेला राजदूत यान्छीले एक घण्टा कुराकानी गर्नुले एमसीलाई पछि धकेल्ने उदेश्य रहेको अनुमान गरिएको छ । राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन् ।

यसअघि महासचिव शंकर पोखरेलसँग चिनिया कम्युनिष्ट पार्टीका नेताले कुराकानी गरेका थिए । महासचिवसँग गरिएको भिडियो संवादमा एमसीसीलाई पछि धकेल्न आग्रह गरेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीबीच भेटघाट भएको बताएका छन् । ‘अध्यक्ष कमरेडसँग राजदूत यान्छीले भेटघाट गरेकी छिन्, समसामयीक विषयमा कुराकानी भएको छ’, उनले भने । एमालेको दशौ महाधिवेशनपछि चिनिया राजदूतको यो पहिलो भेटघाट हो । सरकारमा रहँदा ओलीसँग राजदूत यान्छीले धेरै पटक भेटघाट गर्ने इच्छा व्यक्त गरेकी थिइन तर नेकपा विभाजन, एमाले विभाजन जस्ता घट्ना क्रमले गर्दा ओलीले राजदूत यान्छीसँग भेटघाट गर्न राजी भएकी थिइनन ।

अहिले भने बधाई दिन आएकी यान्छीले एमसीसीबारे चासो राखेकी थिइन । उनले चीन सरकारको सन्देश भन्दै तत्काल एमसीसीबारे पुर्नविचार गर्न आग्रह गरेकी थिइन । सत्ता गठबन्धनमै सहमति नभएपछि एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म परेको छैन । प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी संसदमा पेश भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउदै आएको छ । एमालेका उपाध्यक्ष भीम रावल एमसीसी अनुमोदनका पक्षमा छैनन भने, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी पास गर्नुपर्ने विषयमा धारणा राखेका छन् । उता एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन् । उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले एमाले महासचिव पोखरेलसँग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए । उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेका थिए । ओली प्रधानमन्त्री भएका बेला तत्कालिन सभामुख कृष्णबहादुर महराले एमसिसी संसदमा पेस गर्नबाट रोकेका थिए ।

सभामुख महराले नै संसदमा एमसिसी पेस गर्न असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए । हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनमा एमसिसी पेस गर्न नसकिने बताउँदै आएका छन् । पाँचदलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन् । त्यसकै लागि तीन सदस्यीय कार्यदल समेत बनाएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा कानुनमन्त्री ज्ञानेन्द्र कार्की र नारायणकाजी श्रेष्ठ सदस्य रहेका छन् ।

प्रतिक्रिया