ग्रीसमा दुर्घटना हुँदा मृत्यु हुने नेपालीको सनाखत
मेरोन्यूज
२०७८ पुष ८ गते ९:४८
काठमाडौँ । मंसिर पहिलो साता ग्रीसमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैर कानुनी टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा दुर्घटनामा भई मृत्यु भएका चारै जना नेपाली रहेको पुष्टि भएको हो ।
मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका ६ का राजु लामा, रसुवा आमाछोदिङमो गाउँपालिका ३ की शर्मिला तामाङ, तनहुँ घिरिङ् गाउँपालिका–५ का ओम बहादुर थापा र कैलाली गौरीगंगा नगरपालिका ४ का लक्ष्मण सापकोटा रहेका छन् ।
घटनामा घाइते भएका दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेहरूमा दोलखा भीमेश्वर नगरपालिका ९ का मनु लामा र कैलाली गौरीगंगा नगरपालिका ४ का लोकराज आचार्य रहेका छन् । उनीहरुले मृतक नेपालीको पहिचान खुल्न सहज भएको हो ।
गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सात जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया