कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय
काठमाडौँ । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएको हो ।
उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिए । पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा उपसचिवको सरुवा भए पनि फेरी तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ ।
कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।
हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमित रुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का÷फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन् ।
साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हुँदै आएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया