कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय
काठमाडौँ । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएको हो ।
उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिए । पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा उपसचिवको सरुवा भए पनि फेरी तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ ।
कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।
हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमित रुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का÷फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन् ।
साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हुँदै आएको छ ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया