राप्रपाको प्रदेश स्तरीय बैठक आजदेखि
मेरोन्यूज
२०७८ पुष ८ गते १२:५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश स्तरीय विस्तारित बैठक सुरू हुने भएको छ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीका प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको हो ।
राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेशको दाङमा बस्ने भएको छ । गण्डकी प्रदेशको नवलपुरमा पुस १२ मा बैठक हुने भएको छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनाभित्रै बैठक गरिसक्ने पार्टीको योजना रहेको छ ।
आजको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्रीद्वय डा. धवल शमशेर राणा र भुवन पाठक सहभागी हुने भएका छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया