बुधबार, पुष २, २०८२

राप्रपाको प्रदेश स्तरीय बैठक आजदेखि

मेरोन्यूज २०७८ पुष ८ गते १२:५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश स्तरीय विस्तारित बैठक सुरू हुने भएको छ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीका प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको हो ।

राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेशको दाङमा बस्ने भएको छ । गण्डकी प्रदेशको नवलपुरमा पुस १२ मा बैठक हुने भएको छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनाभित्रै बैठक गरिसक्ने पार्टीको योजना रहेको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्रीद्वय डा. धवल शमशेर राणा र भुवन पाठक सहभागी हुने भएका छन् ।

प्रतिक्रिया