एमसीसीमा प्रधानमन्त्रीले अनावश्यक प्रेसर गर्नुहुन्छ भन्ने लाग्दैन : प्रचण्ड
पार्टीको नेतृत्वमा मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुदान सम्झौतामा प्रधानमन्त्रलिे आफुहरुलाई अनावश्यक प्रेसर गर्छन भन्ने आफुलाई नलागेको बताएका छन् ।
राष्टिय सममेलनको पूर्वसन्ध्यामा नेपाल न्यूज एजेन्सीलाई अन्तबार्ता दिँदै प्रचण्डले एमसीसीकै कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने पनि वताए ।
हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो। बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने (एमसिसीबारे) कि भन्ने थियो, हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो। प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन।- प्र्चण्डले भने ।
सर्वदलीय वैठकमा समेत प्रधानमन्त्रलिे सुधारको गन्जायस छ भन्ने ढंगले कुरा राखेको भन्दै उनले एमसीसीकै कारण सत्ता गठवन्धन भने नटुटने जिकिर पनि गरे ।
‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ प्रचण्डले भने ।
अव यो विषयमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति प्रधानमन्त्रीसँग भएको प्रचण्डको भनाई थियो ।
यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्यो’ प्रचण्डले भने ।
उनले माओवादी पार्टीको नेतृत्वमा सधैभरी आफै वसिरहने आफनो पनि मन नभएको वताए । आफु ब्यीक्तगत रुपमा बसेको नभई साथीहरुले नै वरु आफुलाई वसिरहन भनेको पनि वताए ।
‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर‘ मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो । यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ प्रचण्डले भने ।










५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया