जोन्सन एण्ड जोन्सन खोप विदेश जानेका लागि चारवटा
मेरोन्यूज
२०७८ पुष ८ गते १८:३०

काठमाडौं । सरकारले एक डोज मात्रै लगाए हुने कोभिडविरुद्धको खोप जोन्सन एण्ड जोन्सनको ‘जानसन’ विदेश जाने व्यक्तिले लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले विदेश जानेहरुका लागि जिल्लाका चारवटा सरकारी अस्पतालबाट ‘जोनसन’ खोप दिइरहेको जानकारी दिए ।
काफ्लेका अनुसार छाउनीस्थित वीरेन्द्र सैनिक प्रहरी अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोगबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको छ ।
‘विदेश जानेहरु जसलाई जोन्सन एण्ड जोन्सन खोप लगाउनुपर्ने आवश्यकता परेको छ । उहाँहरुले पासपोर्ट र भिसा सहित गएर खोप लिन सक्नुहुन्छ ।’– काफ्लेले भने ।
सम्बन्धित












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया