सोमबार, मंसिर २९, २०८२

आइएमईले ल्यायो नयाँ वर्षकाे उपहार, जितौँ हजारौँ हजार योजना

मेरोन्यूज २०७८ पुष ८ गते १९:०४

काठमाडौँ । आइएमईले अंग्रेजी नयाँ वर्षको अवसरमा उपहार योजना अघि सारेको छ ।

‘नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार’ भन्ने अभियानका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको हो ।

स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत चार देशहरुवाट चार जना साप्ताहिक विजेता छनोट गरिने छ ।

यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चार जना भाग्यशाली विजेताहरु छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी अर्थात पुष ८ गतेदेखि माघ २१ सम्म कायम रहनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिने जनाएको छ ।

प्रतिक्रिया