आइएमईले ल्यायो नयाँ वर्षकाे उपहार, जितौँ हजारौँ हजार योजना

काठमाडौँ । आइएमईले अंग्रेजी नयाँ वर्षको अवसरमा उपहार योजना अघि सारेको छ ।
‘नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार’ भन्ने अभियानका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको हो ।
स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत चार देशहरुवाट चार जना साप्ताहिक विजेता छनोट गरिने छ ।
यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चार जना भाग्यशाली विजेताहरु छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी अर्थात पुष ८ गतेदेखि माघ २१ सम्म कायम रहनेछ ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिने जनाएको छ ।

















टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया