छ वर्षपछि बिदा भयो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
प्राधिकरणको कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको छ वर्षपछि बन्द भएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताए ।
उनले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको र अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले त्यसतर्फ समेत भएर व्यवस्थापन प्राधिकरणले काम गर्नुपर्ने बताए ।
मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताए ।
उनले यो उपलब्धिको जगमा उभिएर २०३० सम्म विपद् उत्थानशील मुलुकको रुपमा नेपाललाई विकास गर्नुपर्नेमा जोड दिए । कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताए ।
त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिहरुलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । उनले ६ वर्षका सीप, ज्ञान र अनुभवलाई नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत पु¥याउनु पर्ने बताए ।
कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको एक समूहलाई नै संरचनामा ल्याएर काम अघि बढाउने बताए । उनले निर्माण भएका भौतिक संरचनालाई सदुपयो गर्नु अबको चुनौति रहेको उल्लेख गरे ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया