एमसीसीले गठबन्धन तोडिदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । समाजवादी प्रेस संगठन बाँकेले बिहीबार कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताए ।
नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए ।
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दाबीसमेत गरे । नेकपा एकीकृत समाजवादी पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै नेपाली जनताको विश्वास जित्न आफू लागेको उनको भनाइ थियो । नेकपा एकीकृत समाजवादी पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उनले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । बिहीबार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया