कांग्रेसका निर्वाचित कमिटीलाई भाेलि प्रमाणपत्र वितरण गरिँदै
मेरोन्यूज
२०७८ पुष ९ गते ८:४९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने भएको छ ।
महाधिवेशनमा पार्टी सभापतिदेखि सबै सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि शुक्रबार प्रमाणपत्र वितरण गर्न लागिएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
निर्वाचन समितिले प्रमाणपत्र दिएपछि शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शनिवार नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने जनाइएको छ ।
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया