कांग्रेसका निर्वाचित कमिटीलाई भाेलि प्रमाणपत्र वितरण गरिँदै
मेरोन्यूज
२०७८ पुष ९ गते ८:४९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने भएको छ ।
महाधिवेशनमा पार्टी सभापतिदेखि सबै सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि शुक्रबार प्रमाणपत्र वितरण गर्न लागिएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
निर्वाचन समितिले प्रमाणपत्र दिएपछि शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शनिवार नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने जनाइएको छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया