बुधबार, पुष २, २०८२

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मेरोन्यूज २०७८ पुष ९ गते ९:५२

गुल्मी । गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

गुल्मीदरबार गाउँपालिका–४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाइकल बिरवासमा दुर्घटना हुँदा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त मोटरसाइकल दुर्घटनामा परि एक युवक घाइते भएका छन् । मोटरसाइकलको पछाडी बसेका सोही ठाउँका ३१ वर्षीय धनबहादुर ढेंगाको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । धनबहादुरको अवस्था भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया