सुदूरपश्चिम प्रदेशका मात्रै सभापतिसहित १७ जना केन्द्रीय समितिमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मत परिमाण नतिजा बिहिबार राति आइसकेको छ । तर उक्त मतपरिमाण हेर्दा सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित १७ जना केन्द्रीय समितिमा निविार्चित भएका देखिन्छन् । सुदुरपश्चिम प्रदेशका एउटै केन्द्रीय कार्यसमितिमा यतिधेरै सदस्य पाएको यो पहिलो पटक हो ।
सुदूरपश्चिमबाट सभापति, एक सहमहामन्त्री र खुला केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन् । खुला महिला केन्द्रीय सदस्यमा दुई जना, थारु महिला र खुल्लामा एक एक जना, पिछडिएको क्षेत्रबाट एक जना, प्रदेश भूगोलबाट तीन जना, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका हुन् ।
सुदुरपश्चिम प्रदेशको डडेलधुराका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे (बाजुरा) पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका थिए । खुला केन्द्रीय सदस्यमा एनपी साउद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर) नैनसिंह महर (डडेल्धुरा) र दिलेन्द्रप्रसाद बडू (दार्चुला) विजयी भएका छन् । चारमा तीन यसअघि नै केन्द्रीय सदस्य थिए ।
खुला महिला केन्द्रीय सदस्यमा कैलालीकी डा.आरजू राणा ‘देउवा’ र ईश्वरी न्यौपाने निर्वाचित भएका छन् । प्रधानमन्त्री एवम् सभापति देउवा पत्नी आरजू पहिलो पटक केन्द्रीय सदस्य बनेकी हुन् । भने यसअघिको १३ औं महाधिवेशनमा न्यौपाने केन्द्रीय सदस्य रहेकी थिइन ।
थारु खुला केन्द्रीय सदस्यमा कैलालीकै रामजनम चौधरी र महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भए ।
पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ) केन्द्रीय सदस्यमा विजयी भए । सांसद, राज्यमन्त्री तथा राजदूत समेत भइसकेका सिंह कांग्रेसको केन्द्रीय सदस्य पहिलो पटक बनेका हुन् ।
केन्द्रीय सदस्य दलित खुलामा नृपबहादुर वड र प्रकाश स्नेही रसायली (वझाङ) निर्वाचित भएका छन् । वड धनगढी उप–महानगरपालिकाका नगर प्रमुख हुन् भने रसायली प्रतिनिधिसभा सदस्य हुन् ।
खस आर्यबाट पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह निर्वाचित भएका छन् ।
त्यसैगरी, प्रदेश केन्द्रीय सदस्यमा महिलातर्फ कैलालीका सुशीला मिश्र ‘भट्ट’ र कैलालीकै डा.रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका हुन् ।
रावल सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। सुशीला मिश्र ‘भट्ट’ धनगढी उपमहानगरपालिकाकी उपप्रमुख समेत हुन् भने जोशी महेन्द्रनगरका पूर्व नगर प्रमुख हुन् ।














oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया