प्रचण्डको दस्तावेज स्थायी कमिटिमा पेश, ३ वजे फेरि बैठक बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठकमा अधयक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टीको पुस ११ गतेदेखि १३ सम्म काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रचण्डले छलफलका लागि स्थायी कमिटि बैठकमा पेश गरेका हुन् ।
उक्त प्रस्तावमा रहेर अव स्थायी कमिटि सदस्यहरुले अध्ययन गर्ने र त्यसपछि शुक्रवार नै दिउासो ३ वजे बस्ने स्थायी कमिटि बैठकमा नेताहरुले छलफल गर्ने भएको छन् । वैठक दिउँसो ३ वजे पुनः पार्टी कार्यालय पेरिसडाँडामै बोलाइएको छ । स्थायी कमिटि दस्यहरुले दिने सुझाव सम्मलाई समेटेर अध्यक्षले फेरि दस्तावेजलाई थप समृद्ध बनाएर राष्टिय सम्मेलनमा लैजानेछन् ।
‘अध्यक्षले दस्तावेज स्थायी कमिटिमा पेश गर्नुभएको छ । त्यसमा फेरि हामी आजै दिउँसो ३ वजे वैठक बसेर थप छलफल गछौं ।’ – पार्टी प्रवक्ता कृष्णवहादुर महराले भने ।











देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया