प्रचण्डको एक सय पेजको दस्तावेजमा के छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनका लागि तयार पारेको राजनीतिक दस्तावेज शुक्रबार स्थायी समितिमा पेश गरेका छन् ।
प्रचण्डले यहि पुस ११ गतेदेखि सुरु हुन लागेको राष्ट्रिय सम्मेलनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो दस्तावेज तयार पारेका छन् । प्रचण्डले तयार पारेको एक सय पृष्ठ लामो राजनीतिक दस्तावेजमा माओवादी जनयुद्धको दश वर्ष र त्यसयताका शान्ति प्रक्रियामा आएपछिको पार्टीको भूमिकाको बारेमा चर्चा गरेका छन् ।
विगतमा पटक पटक निरन्तरतामा क्रमभंगको कुरा गर्ने गरेका प्रचण्डले यो दस्तावेजमा अर्को क्रमभंगताको चरणमा प्रवेश गरेको उल्लेख गरेका छन् । क्रमभंगता विचारबाटै हुने प्रचण्डले आफ्नो दस्तावेजमा स्पष्ट गरेका छन् ।
प्रचण्डले पुस्तकाकार दिएर तयार गरेको दस्तावेजमा मुख्यतः पार्टीलाई नयाँ क्रान्तिकारी विचारका रुपमा अघि सार्नुपर्नेमा जोड दिएका छन् । एउटा सशक्त क्रान्तिकारी पार्टीलाई सारमा अन्य संसदवादी पार्टी सरह नभई विचार प्रधान पार्टीका रुपमा प्रचण्डले ब्याख्या गरेका छन् ।
‘हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसले विचारलाई विकास र परिमार्जन गर्दै संगठनलाई क्रान्तिकारी रूपान्तरण गर्ने हिम्मतसहित, फेरि एउटा महान् आन्दोलनको नेतृत्व गर्न सक्ने गुणतत्व भएको, त्यो सपना बोक्ने मान्छेहरू भएको पार्टी नै हो ।’– उनले भनेका छन् ।
पार्टीको क्रान्तिकारी रूपान्तरणको निम्ति, आफ्नो ऐतिहासिक मिसन अगाडि बढाउनको निम्ति र यो राष्ट्रलाई समाजवादमा पु¥याउने लक्ष्य तथा जनयुद्ध र जनआन्दोलनकाबेला जनतासामु गरेको प्रतिवद्धता पूरा गर्ने अटोट पनि प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।
मजदुर किसान, उत्पीडित वर्ग, उत्पीडित जाति, सबै मधेसी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारलाई मात्र नभई उनीहरूको आत्म सम्मानलाई स्थापित गरिछाड्ने प्रचण्डले अठोट गरेका छन् ।
विगतमा आफूहरुले विकास र समृद्धिको यो नयाँ मोडेल देशलाई दिनेछौं भनी गरेको प्रतिवद्धता पूरा गर्न नयाँ क्रान्तिकारी विचारका साथ अघि बढ्ने कुरामा प्रचण्डको जोड रहेको छ । यद्यपि राष्ट्र निर्माणका लागि गति दिने क्रममा कहिँ कतै अल्मलिएको हो कि भन्ने आशंका पनि प्रचण्डले गरेका छन् ।
आजको विश्व सन्दर्भ, अन्तर्राष्ट्रिय सन्दर्भ र राष्ट्रिय सन्दर्भसमेतलाई ध्यान दिएर राष्ट्रको एकतालाई बचाउन फेरि एकचोटि महाअभियान चलाउनुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।
विचारलाई विकास र परिमार्जन गर्दै संगठनलाई क्रान्तिकारी रूपान्तरण गर्ने हिम्मतसहित, फेरि एउटा महान् आन्दोलनको नेतृत्व गर्न सक्ने गुणतत्व भएको, त्यो सपना बोक्ने मान्छेहरूको पार्टीका रुपमा पनि माओवादीलाई ब्याख्या गरेका छन् ।
प्रचण्डले जनताका सपना, शहीद तथा वेपत्ता योद्धाहरुको सपना, उनीहरूका त्याग तपस्या, करोडौं जनताले माओवादी पार्टीबाट गरेको अपेक्षा पूरा गर्ने अठोट दोहोर्याएका छन् । आफूभित्रैबाट आलोचना आत्मालोचना गरी अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।










एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सरकारले गठन गर्याे उच्चस्तरीय राजनीतिक संवाद समिति
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया