सोमबार, मंसिर २९, २०८२

माओवादी केन्द्र बागमती कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

मेरोन्यूज २०७८ पुष ९ गते १५:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । गत ६ गते भएको निर्वाचनमा अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका थिए । उनले दीनानाथ गौतमलाई पराजित गरेका हुन् ।

यस्तै, सचिवमा इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका थिए । तीन उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका थिए ।

यसैगरी सहसचिवहरूमा प्रकाश श्रेष्ठ, दलबहादुर बुर्लाकोटी र माधव लामिछाने विजयी भएका थिए । माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचनको विधिबाट बागमती प्रदेशको पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया