मंगलबार, वैशाख १, २०८३

एमाले पार्टी काम नलाग्ने भइसकेको छ : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ पुष ९ गते १६:१२

काठमाडौँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब पार्टी नभएको बताएका छन् । शुक्रबार सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले पार्टी नभएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘एमाले काम नलाग्ने पार्टी भइसकेको छ, अब यो कुनै पार्टी रहेन, एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘अब भोट कलम चिन्हमा खसाल्ने हो, त्यसैले हामीले नयाँ चुनाव चिन्ह लिएर आएका छौँ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरू गाउँगाउँको विकासमा लागि परेको दाबी गरेका थिए । उनले यसका लागि आगामी दिनमा नेकपा समाजवादीले निर्वाचन जित्नु पर्ने बताए ।

प्रतिक्रिया